Tuesday 21 August 2012

यौन फेसन र ज्योतिष

आजकाल ज्योतिषको क्षेत्र भाग्य, भविष्य, स्त्री, पुरुषको कुण्डली मिलानमा मात्रै सीमित नभएर फेसनको क्षेत्रमा पनि निकै अगाडि बढिसकेको छ । यदि तपाईं फ्रान्सको कुनै फेसन बजारमा जाँदा सेल्स गर्लले राशि सोध्यो भने आर्श्चर्यमा नपर्नु होला – किनकि फेसनमा सदैव अगाडि रहेको फ्रान्सले राशिअनुसारको फेसनको डिजाइन गर्न थालेको छ । ज्योतिषशास्त्रअनुसार हरेक राशिको शुभ रङ्ग, शुभस्टाइल हुन्छ र त्यसैलाई फेसनमा प्रयोग गरिएको हुन्छ । कपडा मात्रै नभएर स्त्रीहरूको ब्रा र पेन्टीमा विशेषगरी राशिअनुसारको डिजाइन र रङ्ग प्रयोग गर्न गरिएको छ । यसले गर्दा यौन सम्बन्धमा कुनै पनि प्रकारको असनतुष्टि नआओस् भन्ने ध्येय फेसन डिजाइनरहरूले राखेको बताउँदछन् । बेलायतको लण्डनजस्तो सहरमा समेत संस्थाद्वारा प्रमाणित २,००० भन्दा पनि बढी ज्योतिषीहरू आफ्नो इलाम, पेसा अपनाएर बसेका छन् । यी ज्योतिषहरू कोही मङ्गललाई सेक्सको कारकको रूपमा मान्दछन् र पुरुषको कुण्डली हेरेर ऊ कति पानीमा छ, र स्त्रीलाई खुसी राख्नको लागि के गर्न सक्छ – सक्दैन भन्ने पनि बताउँछन् । यिनीहरूको अनुसन्धानमा कन्या र कुम्भ राशिमा पुरुष बढी यताउता भड्किने बानी भएको बताउँछन् । र्सर्वेक्षणअनुसार काबिल पुरुषको कुण्डलीमा बृहस्पतिको सम्बन्ध पञ्चम भावसँग भएको पाइएको छ । सन् २००३ मा हैँड क्लो बारबराले एक पुस्तक लेखिन, जसको पाश्चात्य जगत्मा ठूलै चर्चा पायो- “लिक्विड लाइट अफ सेक्स कुण्डलिनी, एस्टोलोजी एण्ड द कि लाइफ ट्रान्जिसन बारबराले कुण्डलीनी ज्योतिष र सेक्सबीच गहिरो सम्बन्ध रहेको खोजी गरेकी छिन् । सायद पश्चिमेलीहरू यसैलाई आधार मानेर सेक्सको असली मजा लिनको लागि फ्रान्समा ब्रा र पेन्टीको डिजाइन हाम्रो ज्योतिषशास्त्रपअनुसार हुन थालेको होला । उनीहरू स्त्रीलाई सेक्सको खानी मान्दछन् र पुरुषलाई फ्रान्स पूर्ण सन्तुष्टि दिन एवं आफू पनि आकर्षा बनाइराख्न राशीअनुसारको ब्रा र पेन्टीको प्रयोगलाई महत्वपूर्ण सफलताको रूपमा लिन्छन् ।

No comments:

Post a Comment