Thursday 19 July 2012

स्तनको सुरुक्षा गर्न सुरक्षागार्ड नियुक्त

यो दुनियामा बाँचेपछि सबैचिज देखिन्छ भन्थे, हो रहेछ । हुँदाहुँदा मान्छेले आफ्ना स्तनको सुरक्षाका लागि सुरक्षागार्ड खटाउन थालेका छन् । विश्वकै सबैभन्दा ठूलो प्राकृतिक वक्षस्थल भएकी अन्नी हकिन्स टर्नरले आफ्ना वक्षस्थलको सुरक्षाका लागि निजि सुरक्षागार्ड नियुक्त गरेकी हुन् । आफ्ना ठूला वक्षस्थलका कारण धेरै मानिसले आफुलाई पछ्याउने गरेका र त्यसका कारण आफु असुरक्षित भएको भन्दै उनले वक्षसुरक्षाको लागि सुरक्षागार्ड खटाएकी हुन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले आफु आफ्ना गिनिज बुकमा नाम लेखाएका बुबुकै कारण विश्वभरी सेलिब्रेटी बनेको र आफुले बुबुकै कारण धेरै काम समेत पाएको बताइन् । आफ्ना स्तन सानै उमेरदेखि ठूला रहेकाले आफुलाई स्तनमा टाकुरा पलाउन थालेदेखि नै धेरैले जिस्काउने गरेको र दिक्क पार्ने गरेको उनको अनुभव छ । दुइ बच्चा पाइसकेकी ५३ वर्षे टर्नरले आफु दशौँ लाख मानिसमा एक भएको भन्दै आफुले आफ्नो वक्षस्थलका कारण बढेको असुरक्षा हटाउन सुरक्षागार्ड राखेको खुलस्त पारिन् । स्मरण रहोस् उनका दुइ वक्षस्थलको तौल झण्डै ५० किलो छ । गिगान्टोमास्टिया भन्ने रोगका कारण उनका बुबु यतिविधि भिमकाय बनेका हुन् । Email ThisBlogThis!Share to TwitterShare to Facebook

No comments:

Post a Comment