Thursday 19 July 2012

सेक्स अपिल बढाउने ५ तत्व

एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने केही पक्षहरुको खुलासा गरेको छ । वैज्ञानिक आधारसहितका यी तत्वहरुले कामुकतामा वृद्धि गर्ने र विपरित लिंगीलाई बढि आकषिर्त गर्ने शोधकर्ताहरुको दाबी छ । महिला तथा पुरुष दुबैको कामुकता वा सेक्स अपिलमा वृद्धि गर्ने ५ तत्व निम्न छन् : १. रातो पहिरन : सेक्स अपिल बढाउने तत्वहरुमध्ये सबैभन्दा शक्तिशाली तत्व रातो पहिरन हो । अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार खासगरी रातो पहिरनमा सजिएका युवतीहरुप्रति तन्नेरीहरु बढि आकषिर्त हुन्छन् । रातो पहिरनले महिलाहरुमा कामुकता र सेक्स अपिल बढाएको हुन्छ जुन महिलाहरु स्वयंलाई ज्ञात नहुन सक्छ । २. गोलो तथा गुलाबी ओँठ : म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलाकार ओँठ भएका र अझ लाली लगाएका महिलाहरु पुरुषको आकर्षणको केन्द्र बन्दछन् । ३. कालो तथा खैरो कपाल : कालो तथा खैरो कपालले पनि युवायुवतीमा सेक्स अपिल बढाउने अध्ययनको निष्कर्ष छ । फिक्का रङको कपाल भन्दा कालो खैरो कपाल भएका युवतीमा युवकहरुको आँखा बढि पर्दछ । ४. लामा पाखुरा : पाखुरा लामो हुनुपनि कामुकतामा वृद्धि हुनु हो । लामा खुट्टा भएका भन्दा लामा पाखुरा भएका युवतीहरुप्रति युवकहरु बढि आकषिर्त हुने गरेका छन् । ५. मन्द मुस्कान : अट्टहास हाँसो तथा सधै हँसिमजाक गरेर मुख च्यातिरहने भन्दा मन्द मुस्कान छर्ने युवा युवतीप्रति विपरित लिंगीको आकर्षण बढ्छ । एजेन्सी

No comments:

Post a Comment