Thursday 19 July 2012

मुखमैथुन बारेका केही भ्रम र यथार्थ

मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको ज्यानै समेत लिन्छन् । मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ । कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ । कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो । मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ । ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ । त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तम उपाय हो ।

No comments:

Post a Comment