Wednesday 20 July 2011

02. सेक्स गर्दा कसरी चरम सुख पाउने


            केही वर्षको प्रेमपछि दिवाकर र कृपाको भर्खरै विवाह भयो । विवाहको आपसी सौगातको रुपमा उनीहरूले आफ्नो कुमार-कुमारित्व साँचेर राखेका थिए । विवाहको उत्साह र व्यस्तता समाप्त भएको छ र अब उनीहरू सामान्य जीवनतिर फर्केका छन् । दुवैले यौन र त्यसबाट प्राप्त हुने स्वर्गीय आनन्दका मीठा-मीठा कल्पना गरेका थिए । तर कृपाले जुन आशा राखेकी थिइन् प्रायः त्यसबाट उनी वञ्चित हुनुपरेको छ । यौनसम्पर्कको केही बेरमा नै दिवाकर शिथिल हुन्छ ।

त्यस बेला आफूलाई यौन क्रियाकलापमा संलग्न हुने चाहना बढ्दो रुपमा हुँदाहुँदै त्यसै अर्कोतिर कोल्टे फर्केर सुतेको लोग्ने हेरेर रात काट्नुपर्ने स्थिति कति पटक उनमा आइपरेको छ । कृपालाई कसरी आफूले पनि सो चरम सुख प्राप्त गर्ने भन्ने लागेको छ ।

त्यसैगरी यौनसम्बन्धबाट वास्तवमा कृपा त्यति खुसी नभएको आभास दिवाकरलाई पनि हुन थालेको छ । एक किसिमको नरमाइलोपन उनीहरूको दाम्पत्यसम्बन्धमा पसेको छ र यसको चिसोपनले उनीहरूलाई गाँज्न थालेको छ । दिवाकरले कृपाको अतृप्तता बुझेको छ र ऊ पनि कसरी कृपालाई चरम यौनसुख दिने भन्ने ध्याउन्नमा छ ।

संसारमा भएका सुखहरूमध्ये शायद यौनसुख नै मानवले प्राप्त गर्ने सर्वोत्कृष्ट सुख हो । यसको प्राप्तिको लागि सबै व्यक्ति लाग्नु र सचेत हुनु आवश्यक छ । तर हामीले चाहना राख्दैमा सबै कुरा स्वतः हुने होइन । गहिरो प्रेमसम्बन्धको माझमा फुलेको भन्दैमा विशेष ध्यान दिइएन भने कृपा र दिवाकरको सम्बन्धले पनि सधैँ यौनसुख प्राप्तिको सुनिश्चितता प्रदान गर्न सक्दैन । यसको एक प्रमुख कारण दम्पती वा यौनजोडीले यौनसम्बन्धलाई लिंग-योनिबीचको यौनसम्पर्कमा मात्र सीमित गर्ने पनि हो । यसो हुँदा कतिपय दम्पतीले चाहँदाचाहँदै पनि पाउनुपर्ने यौनसुखबाट वञ्चित हुनुपर्ने मात्र होइन त्यसको दीर्घकालीन असरहरू पनि झेल्नुपर्ने हुन्छ । त्यसैले यौनसम्बन्धलाई लिंग-योनि यौनसम्पर्कमा मात्र केन्द्रित नगरी पर्याप्तरुपमा प्राक्क्रीडामा संलग्न रहन सके यौनसुखलाई बढाउन सकिन्छ ।

प्राक्क्रीडा त्यति प्रचलित शब्द होइन । यौनसम्पर्कका समयमा यौनांगको मिलन सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना बढाउन गरिने विभिन्न किसिमको यौन क्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर-प्ले (foreplay) भन्ने गरिन्छ । कतिपय विद्वानहरूले यस किसिमको प्रत्यक्ष यौन क्रियाकलापलाई मात्र प्राक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने कुनै पनि पूर्वक्रियाकलाप जस्तै- दुवै जनाले प्रेममय वा भनौं रोमान्टिक वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्ता वा शृंगाररसयुक्त ठट्टालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ । तर यथार्थ के हो भने कतिपय व्यक्तिहरु यौनसम्पर्कको सुरुआत नै एकैपल्ट यौनांगको मिलनबाट गर्छन् । यसो गर्नाले पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैले चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ वा भनौं यौनसुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्क्रीडामा संलग्न हुँदा यौनआनन्दलाई यसको चरम बिन्दुमा पुर्याउन मद्दत गर्दछ । प्राक्क्रीडामा संलग्न हुँदा एक-अर्काको शरीर, उसका संवेदनशील अंगका बारेमा थाहा हुने मात्र होइन दम्पतीबीच एक-आपसमा राम्रो कुराकानी हुने र एकअर्कालाई राम्ररी बुझने अवसर पनि मिल्छ । साथै आपसी समझदारी बढाउन पनि मद्दत मिल्छ । यही आपसी समझदारीले नै वास्तवमा यौन तथा वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र हाम्रा संवेदनशील अंगका बारेमा थाहा हुन जरुरी हुन्छ । उत्तेजनात्मक अंगहरु व्यक्ति-व्यक्तिमा केही फरक पर्ने भए पनि यौनांग, यौनांगवरिपरिको क्षेत्र, चाक, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि केही प्रमुख यौनसंवेदनशील अंग मान्न सकिन्छ । यौनांगको कुरा गर्दा पुरुषहरुको लिंगलाई नबिर्से जस्तै महिलाको यौनांगको कुरा गर्दा भगांकुरलाई बिर्सनु हुँदैन । गहिरिएर हेर्ने हो भने हाम्रो शरीर नै यौनमय छ र यौन उत्तेजनाको कुरा वास्तवमा हाम्रो मस्तिष्कबाट नै सुरु हुन्छ । यस अर्थमा भन्ने हो भने मस्तिष्क नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण यौनांगको रुपमा लिन सकिन्छ । प्रत्यक्षरुपमा यौनसंवेदनशील अंगलाई उत्तेजित पारेकोजस्तो देखिए पनि वास्तवमा प्राक्क्रीडाको दौरानमा हामी मानसिकरुपमा पनि तयार भइरहेका हुन्छौं । प्राक्क्रीडाले यसरी हामीलाई शारीरिक तथा मानसिकरुपमा तयार गर्ने भएको हुनाले नै हामीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्छौं । चरम सुख कसरी थाहा पाउने ? कतिपय व्यक्तिले पुरुषले मात्र यौन चरम सुख प्राप्त गर्ने गर्छन् भन्ने ठान्छन् तर महिलाले पनि पुरुषले जस्तै यौन चरम सुख पाउँछन् । मानव यौनप्रतिक्रिया चक्र (Sexual Response Cycle) का चारवटा चरणहरु हुन्छन् । ती हुन्- एक्साइटमेन्ट फेज (Excitement Phase), प्लाटो फेज (Plateau Phase), अर्गाजम फेज (Orgasm Phase) र रिजोलुसन फेज (Resolution Phase)। समग्रमा उस्तै नै हुने भए पनि पुरुष तथा महिलाको यौनप्रतिक्रियाचक्रमा केही फरक भने हुन्छ । पहिलो एक्साइटमेन्ट फेज (उत्तेजनाको चरण) लाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरण (प्लाटो फेज) मा पुग्छ । यो चरणमा यौनउत्तेजनाको मात्रा अझै बढ्छ । यो कसैमा थोरै बेरको हुन्छ भने कसैमा अलि लामै पनि हुन सक्छ । महिलाहरूमा योनिद्वार अझै खुल्ने तथा यसवरिपरिको भाग फुलेर आउने अर्थात् ठूलो भएर आउने हुन्छ । योनिद्वारवरिपरिको भाग यसरी बढ्ने भएकोले भगांकुर अलि भित्र दबेको जस्तो देखिन्छ । स्तनपान नगराएका महिलामा स्तनको आकार बढेको तुलनात्मकरुपमा स्पष्ट देखिन्छ । आधाभन्दा बढीजसो महिलामा अनुहार र शरीरको छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यस चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाबको महसुस गर्छन् । मांसपेशीहरुमा तनाव पैदा हुन्छ, मुटु तथा श्वास-प्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा बढ्दै गएको यौनतनावको उन्मोचन (discharge) हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र खुम्चिने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवस्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज (Resolution Phase) भन्छौं । प्राक्क्रीडा कसरी गर्ने ?

आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यौनउत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना एकातिर छ भने यौन संवेदनशील अंगहरूकै सीधा घर्षण अर्कोतिर छ भन्ने हामीले बिर्सनु हुँदैन । प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ । कतिपय अनुसन्धानकर्ताहरू महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन् र यसको लागि भगांकुर घर्षणको आवश्यकता पर्छ । सही तालमेल नमिल्नाले चाहेको मात्रामा यौनसुख प्राप्त गर्न सकिंदैन । यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त प्राक्क्रीडा नै नगरी यान्त्रिक रुपमा सम्भोग गर्ने चलनले गर्दा पनि दुवै यौनसाथीको बीचमा यौनसम्पर्कको बेलामा तालमेल स्थापित गर्न अप्ठेरो पर्छ । एकले अर्कोलाई सक्दो मद्दत गर्नुपर्ने हुन्छ । आफ्ना यौनक्रियाकलापबारेमा राम्ररी छलफल गर्नुको साथै दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ । प्राक्क्रीडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौनक्रियाकलाप गरेर एक-आपसमा यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन (French Kiss) तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग, सँगै नुहाउने वा पानी (bath tub) मा अर्ध डुबेर यस किसिमका मालिस गर्न सकिन्छ । धूपको रुपमा होस् वा अत्तरको रुपमा, सुगन्धको प्रयोगले मादकता थप्न सक्छ ।

शरीरलाई सुम्सुम्याउनु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो । हल्कारुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्नु वा सुम्सुम्याउनु यौनउत्तेजक हुन्छ । प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग अझै राम्रो साबित हुन सक्छ । यसो गर्दा आफ्नो यौनसाथीको कुन-कुन भाग संवेदनशील छ वा कुन-कुन अंग छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ । कसैले हल्कारुपमा छोइएको मन पराउँछन् भने कतिले कडा किसिमले छोएको मन पराउँछन् । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थप-थप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ । बिस्तारै यौन भावभंगीमा लुगा फुकाल्दै जानु पनि प्राक्क्रीडा हुन सक्छ । कतिपय व्यक्तिले एक-दुइ पल्ट यस्तो प्रयास गरेपछि सफलता हासिल नहुँदा निराश भई कोशिश नै गर्दैनन् । पति-पत्नीको उत्तेजनाको स्तरलाई हाराहारीमा ल्याई दुवै जनाले एकैसाथ यौन चरम सुख पाउने अभ्यास गर्न सकिन्छ । तर सबैले यन्त्रजस्तो गरेर त्यसै हुनुपर्छ भन्नु मनासिव हुँदैन । तर मुख्य कुरा यहाँ अभ्यास नै हो । जति अभ्यास गरियो त्यति नै यसमा सफलता पाउन सकिन्छ । केही गरेर यो गर्न त्यति सजिलो नभए पनि यौन चरम सुख प्राप्त गर्नबाट वञ्चित हुनुपर्छ भन्ने पनि छैन । एकपछि अर्कोले पालो-पालो यौन चरम सुखको स्थितिमा पुगे पनि हुन्छ । अर्को कुरा, कुनै पनि पुरुषले आफ्नी श्रीमतीको यौन चरम सुखको प्राप्तिप्रति समर्पित यौनक्रियाकलाप त जहिले पनि गर्न सक्छन् । बुझनुपर्ने कुरा के भने जादुको छडीजस्तो कुनै निश्चित क्रियाकलापपछि यौनसम्पर्क गर्न पाइने भन्ने हुँदैन । यसको लागि एक-आपसमा अन्वेषण गर्नुपर्छ । यस्तो हतार नगरी बिस्तारै बढ्नु सफलताको अघि पुग्ने सजिलो उपाय हुन सक्छ ।

No comments:

Post a Comment