Monday 11 July 2011

के मुख मैथुन गर्नु हुन्छ ?

 

मैले श्रीमतीसंग सम्भोगमा पूर्ण सन्तुष्टी पाउन नसकेका कारण मुख मैथुन गर्छु । हामी एक आपसमा हरेक रात म उसको योनीद्वारमा जिव्रोले खेलाई चुस्छु र उनी मेरो लिङ्ग मुख चुस्छिन् । यसरी हामी दुबै मुखवाट यौन क्रिया गर्दछौं । मुख मैथुन गर्दा उनको योनि र मेरो लिङ्गवाट निस्केको चिल्लो भाग मुख भित्र अवश्य प& #2369;ग्छ । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? मलाई मुखमैथुन गरेको भोलिपल्ट नाक सुकेको, कपाल अलिअलि दुखेको र जिब्रोमा कस्तो कस्तो खल्लो अनुभव हुन्छ । यो मेरो शंका मात्र हो कि साँच्चिकै हो ? श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन ? मेरो श्रीमतिको स्तन पहिले भन्दा झन् झन् सानो हुँदै गएको छ । ठूलो बनाउने कुनै भिटामिन वा औषधी छ की छैन ? - केवी

मानिसको यौन सम्बेदनशील अंगहरुको कुरा गर्दा मुख, ओठको कुरा गरिएन भने अधुरो हुन्छ । चुम्बनले यौन क्रिडामा प्रमुख भुमिका निर्वाह गर्छ । चुम्बन 'अधर'मा मात्र सिमित नभएर शरीरको अन्य भागमा पनि गरिन्छ । वात्सायनले ओठ सहित निधार, आखा, गाला, गर्दन, छाति, स्तन तथा मुखको भित्री भाग गरी आठ स्थानहरुको चर्चा गरेका छन् । कामसुत्रमा लाट प्रदेशका मानिसले जाँघ, काखी तथा नाभी (नाईटो) मा चुम्बन गर्ने गरेको चर्चा छ । तर यसलाई विस्तारित रुपमा हेर्ने हो भने मुख र यौन अंगको सम्पर्क नै मुख मैथुन हो । नपुंसकको लागी भनेर भए पनि वात्सायनले आठ प्रकारको मुखमैथुन को चर्चा गरेको छन् । हाल आधुनिक यौन आनन्द बढाउन उपलब्ध सहयोगी पुस्तकहरुमा पनि यसको चर्चा हुने गरेको छ । मुख तथा लिङ्गको संलग्न गराई गरिने यौनक्रियालाई अंगे्रजीमा फलाटिओ भनिन्छ भने मुख तथा योनिको संलग्नता भएको लाई कुनिलिङ्गुस भनिन्छ ।
के मुख मैथुन गर्नु हुन्छ ?

नेपालमा पनि मुख मैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरु यथेष्ट मात्रामा भएको उदाहरणहरु छन् तर यो स्वस्थकर हो होईन भन्ने धेरैलाई शंका रहेको पाईन्छ । स्वास्थ व्यक्तिसंग लिङ्ग-योनि मैथुन सुरक्षित भए झैं मुख मैथुन गर्नु पनि सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानी गर्दैन । यदी यौन रोगहरू छन् भने सर्न सक्छन् । जुन कुरा लिंग-योनि वा अन्य किसिमको यौन सम्पर्कको लागि पनि लागु हुन्छ । मुख मैथुनको बारेमा मनमा नकारात्मक अवधारणाहरू गहिरोसंग बसेको हुनाले नै मुख मैथुनमा संलग्न हुनु पर्दा विभिन्न किसिमका चिन्ता पर्न जान्छ । मुख मैथुनगरेको भोलीपल्ट तपाईंलाई अनुभव हुने लक्षणको सीधा सम्बन्ध म देख्दिन । मुख मैथुले स्वास्थ्यमा कुनै नराम्रो असर नगर्ने र यसलाई अप्राकृतिक हो भन्ने पनि कुनै आधार नभएकाले यो गर्न हुँदैन भन्ने केही छैन । प्रमुख कुरा त दुवै जना दम्पत्ती वा यौन साथीको बीचमा आपसी समझदारी छ र यसले यौन सुख पाउनलाई मद्धत गरेको छ भने यस किसिमको मुख मैथुनको प्रयोगले कुनै किसिमको हानी गर्दैन बरु लाभ नै पुर्?याउछ ।

के यौनरस निलिएमा खराब गर्छ?

कति जनालाई वीर्य वा योनिवाट निस्किएको रस मुखमा परेमा वा निलिएमा नराम्रो असर पर्छ कि भन्ने लाग्छ तर कुरा त्यसो होइन । संक्रमण रहित यस्ता यौनरस निलिएमा हानि गर्दैन । तर यसरी मुख मैथुन गर्दा आ?नो यौन साथीसंग राम्रो समझदारी हुनु जरुरी छ । लिंग मुख भित्र कति पसाउने वा वीर्य स्खलन मुखमै गर्ने नगर्ने भन्ने बारेमा पहिले नै छलफल भएमा अन्त्यमा नमजा हुँदैन ।
के मुख मैथुन गर्दा केही कुरामा ध्यान दिनु पर्छ?

मुख मैथुनको लागि ध्यान दिनु एक मुख्य कुरा यौन अंगहरूको सरसफाई हो । यौन अंगको वरिपरीका ग्रन्थीहरूबाट विशेष गन्ध आउने रस सफा नगरिए यसको कडा गन्धले मुखमैथुनलाई असजिलो पार्न सक्छ । यौन अंगहरूलाई सादा सावुन पानीले धुनु नै पर्याप्त हुन्छ । पानी मन तातो भए वेश नै हुन्छ । धेरै नै कडा साबुन वा धेरै नै सुगन्धित सावुन वा यौन अंगमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन किनकी यसले यौन अंगको कमलो भित्री छालालाई नराम्रो असर पुर्?याउन सक्छ । योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यको कारणले लाभदायक हुँदैन । दिन दिनै यौन अंगलाई धुने अथवा अझै सकिन्छ भने यौन सम्पर्क भन्दा पहिले यसो गर्न सकिए मुख मैथुन को आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ । अर्को कुरा यौनरोग लागेको शंका छ भने, सुरक्षित बनाउन कण्डम अथवा डेण्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोग गर्नु पर्छ ।

स्तन ठूलो पार्न के गर्ने?

मुख्यतया स्तनको आकार हर्मोनमा भरपर्ने भएपनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । विभिन्न किसिमको खाने तथा लगाउने औषधी बजारमा उपलव्ध भए पनि त्यसको प्रभावकारीता विवादाग्रस्त नै छ । स्तनलाई ठूलो बनाउने एक तरिका शल्यक्रिया पनि हो । अन्य वाह्य साधनहरुको प्रयोग गरेर स्तनलाई आकर्षक देखाउन सकिन्छ । तर बुझ्नु पर्ने कुरा के भने आकार सानो ठूलो जे भए पनि स्तनले आफ्नो कार्य सम्पादन राम्ररी गर्न सक्छ ।

1 comment: