Sunday 10 July 2011

लोग्ने नभएकाले हस्तमैथुन गर्छु


म ३० वषर्या विवाहित महिला हुँ । मेरा दुइ सन्तान छन् । हाल मेरो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतार जानुभएको छ । श्रीमान्को अनुपस्थितिमा मैले यौनसन्तुष्टि प्राप्त गर्न सकिराखेको छैन । यौनचाहना तीव्र हुँदा कतै अर्को व्यक्तिसँग यौनसर्म्पर्क राखौं कि जस्तो लाग्छ । तर म अहिलेको श्रीमान्लाई छोड्न पनि सक्दिनँ । सन्तान हुर्काउने दायित्व पनि छ । कहिलेकाहीँ यौनइच्छा तीव्र हुँदा हस्तमैथुनबाट आनन्द लिने गरेकी छु । यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन - के श्रीमान् फर्केपछिको यौनसर्म्पर्कमा फरक पार्ला - श्रीमान्ले यसरी हस्तमैथुन गरेको थाहा पाएमा के होला - वैवाहिक जीवनमै असर पार्ला कि, चिन्ताले पिरोलेको छ । जवाफ पाउने आशामा छु । - अञ्जली

जवाफ


वैवाहिक जीवनमा असर

हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेष गरी यौना·बारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ । यी कुरा आफैंलाई आनन्द पाउने कार्यमा सहयोगी हुने मात्र होइन, आफूलाई कसरी यौनसुख प्रदान गर्ने भन्ने कुरा आफ्नो यौनजोडीलाई पनि सिकाउन सकिन्छ ।

लामो समयसम्म छुट्टएिर बसेपछि पुनः सँगै बस्दा दुवैको पारिवारिक तथा यौनसर्म्पर्कसम्बन्धी कुरामा केही तालमेल मिलाउनु जरुरी हुन्छ । श्रीमान्-श्रीमती दुवै जना मिलेर कसरी यौनआनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अवलम्बन गर्न सकिन्छ ।

यस्ता उपायहरूको निरन्तररुपमा खोजी गरिए वैवाहिक जीवनमा लामो समयसम्म यौनसुखलाई राम्ररी उपभोग गर्न सकिन्छ । श्रीमान्लाई आफूलाई कसरी यौनआनन्द प्राप्त हुन्छ भन्ने कुरा राम्रोसँग थाहा दिए यौनसुख प्राप्त गर्न मद्दत मिल्छ । हस्तमैथुन गरेर आनन्द लिँदैमा हानि हुने केही होइन ।

हस्तमैथुनको फाइदा

हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने भन्नेजस्ता भ्रमहरु व्याप्त छन् । तर हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । यसलाई मनबाट निकाल्न सकेमा फाइदा नै पुग्छ । र्

र्सवप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मकरुपमा सिर्जनशील हुन सक्छ । यसरी यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकोले कतिपय यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरु पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसर्म्पर्क नै नहुने भएकोले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरु लाग्नबाट पनि बचावट हुने भयो।


आफ्नो यौनाङ्गहरु अफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौनव्यवहारलाई नै हस्तमैथुन भन्ने गरिन्छ । महिलाहरूको हस्तमैथुनबारेमा पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीरोक्ति मात्र व्यक्त गरेका छैनन् बरु यसबारे खोजीनीति गर्न थालेका छन् । यो एक सकारात्मक कुरा हो। महिलाको यौनिकताप्रति सकारात्मक धारणा बन्नुको साथै महिलाले गर्ने हस्तमैथुनप्रतिको नकारात्मक धारणा पहिलेको तुलनामा कम भएको छ ।

महिला यौनाङ्गहरू

शायद महिलाको यौनाङ्ग विशेष गरेर अलि भित्रतिर हुने भएको हुनाले होला कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौना·हरूलाई राम्ररी नियालेर हेरेका पनि हुँदैनन् । आफ्नै अ·हरूको बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो । महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौना· ठानिए पनि महिलाका अन्य अ·हरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् ।

भगक्षेत्रः पुरुषको तुलनामा महिलाको यौनाङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैन । झट्ट हेदा छालाको दुइ पत्रहरू एक-अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई समग्रमा भग भनिन्छ र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्गहरू हुन्छन् । महिलामा यही भगको माथि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्दछ । यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा मोन्स प्युबिस (Monspubis) भनिन्छ ।

ठूलो भगोष्ठः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो र दायाँ र बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुइ पत्रहरू हुन्छन् । यी ठूला भगोष्ठहरूलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुइ साना भगोष्ठहरू देखिन्छन् । यही साना भगोष्ठहरूले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्दछ । यी ठूला तथा साना भगोष्ठका छेउहरू माथि र तलपट्ट िएक-अर्कामा जोडिएका हुन्छन् । यी भगोष्ठहरूको आकृति व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ । यी दुवै भगोष्ठहरू यौनसंवेदनशील हुन्छन् र यौन उत्तेजनाको बेलामा सामान्य अवस्थाभन्दा आकार पनि केही ठूलो हुने गर्दछ ।

भगाड्ढुरः महिला शरीरमा भएको यो नै शायद सबैभन्दा महत्त्वपर्ूण्ा यौनाङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर स्थित हुन्छ, जहाँनिर भगोष्ठ दुवैतिरबाट एक-आपसमा जोडिन्छ । यसको कार्यको कुरा गर्ने हो भने महिलालाई यौनसुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ ।

भगाड्ढुरको टुप्पोलाई पनि पुरुषको जस्तै अंग्रेजीमा ग्ल्यान्स (नबिलक) नै भनिन्छ। व्यक्तिअनुसार यसको आकार फरक हुन सक्छ । प्रायः यसको आकार केराउको दाना जत्रो हुन्छ । यस भगाड्ढुरलाई छालाको एक पत्रले छोपेको हुन्छ । यस भगाड्ढुरको ग्ल्यान्स अति नै यौनसंवेदनशील हुन्छ र र्स्पर्श गर्दा वा यौन उत्तेजनाको बेलामा आकारमा तुलनात्मकरुपमा निकै सानो हुने भए पनि पुरुषको लि·जस्तै उत्तेजित हुने गर्दछ ।

योनिः योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो करिब ३-४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छद -जymभल) भनिन्छ ।

यौनउत्तेजनाको बेलामा योनिको भित्ताबाट रस निस्कन्छ । यसरी योनिरस आउनुले युवकको लि· उत्थित भएजस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्दछ । यस योनिमार्गको बाहिरी एक तिहाइ भाग यौनसंवेदनशील हुन्छ ।


स्तनः महिलाका स्तनहरू शारीरिक तथा मानसिक सुखका स्रोत हुन् । प्रायः सबैजसो समाजमा स्तनलाई महिलाको आकर्षाको एक प्रमुख कुरा मान्ने गरिन्छ । यो एक महत्त्वपर्ण् यौनाङ्ग पनि हो । विशेष गरेर स्तनको मुन्टो निकै संवेदनशील हुन्छ र यौनउत्तेजनाको बेला यो उत्थित -कडा र केही उठ्ने) हुने हुन्छ । महिलालाई मात्र यौनआनन्द दिने नभई पुरुषहरू पनि यसलाई देख्दा, र्स्पर्श गर्दा वा सुम्सुम्याउँदा विशेष गरी आनन्द प्राप्त गर्दछन् । कतिपय स्थितिमा पुरुष ठूला स्तनप्रति आकषिर्त हुने भए पनि आकार तथा आकृतिको वास्तवमा यौनसम्बन्ध प्रदान गर्नमा कुनै प्रत्यक्ष भूमिका हुँदैन । महिलामा स्तनको आकारबारे निकै चासो हुने गर्दछ र यसलाई बढाउन उनीहरु विभिन्न उपाय गर्न उद्यत् हुन्छन् ।

हस्तमैथुन

महिलाहरूले विभिन्न यौनाङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ । हस्तमैथुन गर्दा यौनपरिकल्पना एक महत्त्वपर्ण् पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौनक्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबलरुपमा जोडिएर आनन्द झन् थपिन्छ । भगाड्ढुर चलाउनु वा यसको र्घष्ाण नै महिला चरमसुखमा पुग्ने शायद सबैभन्दा महत्त्वपर्ण् यौनक्रियाकलाप हो ।

करिब ९० प्रतिशत महिलामा यौनसंवेदनशीलताको केन्द्रको रुपमा यो नै रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । यसलाई यसरी नै चलाउनर्ुपर्छ वा र्घष्ाण गरिनर्ुपर्छ भन्ने कुनै एक ठीक तरिका भने छैन । आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउन सकिन्छ । चलाउने वा र्घष्ाण गर्नेदेखिबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्ने गरिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुरामा लिएका छन् ।

चरमसुख प्राप्त गर्ने कुरामा भगाड्ढुरको महत्त्वपर्ूण्ा स्थान भए पनि योनिमा केही पसाएर यौनआनन्द अर्को प्रमुख तरिका हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनर्पर्दछ र यौनउत्तेजना हुँदा यो स्वाभाविक रुपमा नै हुने गर्दछ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । भगाड्ढुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्त्वपर्ण् हुन्छ । औंला बहुउपयोगी हुने भएकोले नै चाहेअनुरुपका दबाब, गति, तरिका गर्न सकिन्छ, जसले आनन्द थप्छ नै।

यीबाहेक शरीरका अन्य अ·हरूको र्स्पर्श, मर्दन वा सुम्सुम्याइ पनि यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन् । तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौनप्रशाधन वा अन्य वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लि· आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्दछन् । अंग्रेजीमा भाइब्रेटर भनिने यौनप्रशाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मकरुपमा यसको प्रयोगले यौनआनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यो कैयौं महिलाले मन पराएका पनि छन् । भगाड्ढुर, योनि, योनिमा हुने भनिएको जी स्पट वा गुदद्वारअनुसार यी वस्तुहरु फरक-फरक हुन सक्छन् । विद्युत् वा ब्याट्रीबाट चल्ने यस्ता यौनप्रशाधनको प्रयोग चरम यौनसुख प्राप्त गर्नलाई गरिन्छ । कसै-कसैलाई त यसको प्रयोग गर्दा पीडा भएको कुरा उल्लेख छ । यसको अत्यधिक प्रयोगले महिलाहरूमा लत नै लाग्न सक्ने सम्भावना हुन्छ । कतिपय महिलाले पुरुषसँग यौनसर्म्पर्क गर्दा त्यही किसिमको अनुभूति नहुने भएकोले खिन्न हुने गरेको पनि पाइएको छ ।

हस्तमैथुनले हानि गर्छ 

हस्तमैथुन एउटा स्वाभाविक यौनव्यवहार हो । यौनआनन्द पाउने उपायहरुमध्ये सबैजसोको लागि यौना·को र्घष्ाण नै प्रमुख हो । यौनसर्म्पर्क गर्दा यौना·हरुको एक-आपसमा र्घष्ाण हुन्छ । मानिसले आफ्नो यौना·को र्घष्ाण अरु कसैको यौना·मा गराए मात्र यौनआनन्द पाउँछ भन्ने होइन । यौनसर्म्पर्क नगरीकनै भए पनि यौना·को र्घष्ाण गरेर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्ने तरिका हस्तमैथुन हो । सिद्वान्ततः यौनसर्म्पर्क गर्दा र हस्तमैथुन गर्दा यौना·को र्घष्ाणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै नै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने भन्न मिल्दैन ।

हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ । योनि एक विशेष किसिमले बनेको मांसपेशीको नली आकारको अ· हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरुप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन लि·को प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लि·ले थाहा पाउँछ भन्ने पनि छैन ।

1 comment: