Sunday 10 July 2011

यौनशक्ति बढाउने अमूल्य औषधि


सेक्स जसरी एउटा आफैँमा कठिन विषय हो, त्यसरी नै सेक्ससम्बन्धी औषधिहरूको क्षेत्र पनि ज्यादै कठिन छ। आजभोलि आधुनिक वैज्ञानिक खोजहरूले यस दिशामा धेरै उज्यालो आशाका किरणहरू थपेका छन्। तर पनि अहिले नै यस कार्यबाट सन्तोष दिइहाल्नुपर्ने अवस्था भने आइसकेको छैन। हरेक सेक्ससम्बन्धी विकृतिका रोगीहरू जादुजस्तो तुरुन्त असर गर्ने औषधिको खोजीमा हुन्छन्, जसले उसलाई एकदम नयाँ शक्ति तथा उत्तेजनाले भरिदियोस्। तर यस्तो औषधि आजसम्म कहीँ पनि फेला पार्न सकिएको छैन।

तर केही औषधिहरूको नियमित सेवन र सावधानीबाट सान्त्वना मात्र दिन सकिएको छ।

प्राचीन आयुर्वेदिक ग्रन्थमा यस्ता औषधिहरूको बारेमा उल्लेख गरिएको छ। जसको प्रभावका बारेमा लेखिएको छ कि यस औषधिको सेवनबाट पुरुष अतुल सम्भोग शक्ति प्राप्त गरेर सम्भोगमा स्त्रीलाई पर्याप्त सम्भोग सुख दिन र उनलाई सम्भोगमा परास्त गर्न सक्छन्। यसको सेवनबाट पुरुषहरू एक रातमा सय स्त्रीसँग सम्भोग गर्ने शक्ति प्राप्त गर्न सक्छन् तथा यसको सेवनबाट पुरुष स्त्रीलाई तुरुन्त स्खलित गराएर आफू अरू केही समयपछाडि स्खलित हुन सक्छ।

अहिलेको वैज्ञानिक दृष्टिबाट यो दाबी आफैँमा फोस्रो र निर्रथक भएको छ भन्ने वैज्ञानिकहरूको विचार छ। वास्तवमा यो ग्रन्थको रचना त्यतिबेलाको सामन्तकालमा भएको थियो जति बेला राजा महाराजाहरू आफ्नो दरबरामा हजारौँ हजार स्त्रीहरू राख्ने गर्दथे र अन्धो भएर सम्भोग गर्ने गर्दथे। स्वाभाविक थियो कि यस तरिकाले अति सम्भोग गरेका कारण उसको सम्भोगशक्ति खत्तम भएर जान्थ्यो। तर दरबारिया वैद्य सल्लाहकाहरू यसलाई रसायन औषधिहरू बनाउँदै ख्वाउने गर्ने गर्दथे। ताकि उसको सम्भोग शक्ति यो औषधिको भरमा टिकिरहोस्। तर त्यसरी गरिएको औषधिबाट पनि पूरा हैन, केही आत्मविश्वास बढाइदिन्थ्यो र थोरै मात्रामा सुधार भएको हुनाले यस्तो लेखिएको थियो। बाहिरबाट देख्नेहरूका लागि यस्तै औषधिको करामत नभए त्यत्रा स्त्री कसरी राखिएको छ भन्ने हुन्थ्यो तर वास्तविकता यो थिएन।

यसै कारण आज हाम्रो समाजका सामान्य यौन रोगीहरूको दिमागमा पनि यिनै औषधिहरूको प्रभाव छाइरहेको हुन्छ र उनीहरू यिनै औषधिको खोजीमा हुन्छन्। तर साँचो कुरा यो हो कि कुनै औषधि त्यस्तो छैन, जसले पुरुषत्व कमजोर पुरुषलाई सम्भोग गर्नका लागि पहलवान -बोकोजस्तै) बनाइदेओस्। अब प्रश्न उठ्न सक्छ, सेक्सको लागि शक्ति र औषधिको सम्बन्ध छ कि छैन - यसको रहस्य के छ र वैज्ञानिक चिकित्सा प्रणाली के भन्छ -

यसका बारेमा यति कुरा घामको प्रकाशझैँ स्पष्ट छ कि व्यक्तिको मनका विकारहरू भ्रामक धारणाहरू तथा वैज्ञानिक मान्यताहरू औषधि ख्वाएर धेरै टाढा जाने होइन। औषधिसँग यस विषयको कुनै सरोकार रहँदैन। व्यक्तिका मनका विकारहरू भ्रामक मान्यताहरू आदिलाई आफैँले सोचेर, मनन गरेर मनबाट हटाउन सकिन्छ। तर स्वास्थ्य कमजोर भएको अवस्थामा भने औषधिहरू सहायक सिद्ध हुन सक्छन्। यस सर्न्दर्भमा यहाँ केही विशिष्ट खाद्य पदार्थको बारेमा उल्लेख गर्नु उपयुक्त ठानेको छु, जो सजिलै आफ्नो घरमा प्राप्त गर्न सक्छौँ। राम्रो पोषणयुक्त खाद्यले नै औषधिको काम गर्दछ। यस्ता वस्तुहरूलाई खाद्य औषधि भनिन्छ, जुन खाद्य पदार्थबाट शरीरका स्नायुहरू पुष्ट हुन्छन्। मांसपेशीहरू शक्तिशाली तथा क्रियाशील बनिरहन्छन्, रक्त सञ्चार राम्रो हुन्छ। शरीर सञ्चालनका क्रियाकलापहर्रूलई सुचारुरूपमा चलाउन सहयोग गर्छ। यी सबै वस्तुहरूले सेक्स शक्तिलाई पुष्ट बनाई राख्दछन्। कमजोर भइसकेको तागतलाई पुनः माथि उठाउँछ। यसले शरीरमा शक्ति दिन्छ। उक्त पदार्थको लागि सबैभन्दा पहिलो स्थान दूधले लिन्छ। दूधभन्दा राम्रो सेक्सको लागि अरू कुनै टनिक छैन।

जुन व्यक्तिले निरन्तर भोजनमा दूधको सेवन गरिरहन्छ, उसको शरीरको कामशक्ति पनि अन्त्यसम्म सजीव भइरहन्छ।यसपछि अन्डा, मासु, माछा आदि पनि शारीरिक शक्तिवर्द्धक राम्रा खाद्य वस्तु हुन्। तर प्रत्येक व्यक्तिको लागि यी सबै चिजहरूको सेवन सम्भव छैनन् किनभने कोही पूर्ण साकाहारी व्यक्ति मासु, अन्डा आदि नखाने हुन्छन् भने कोही गरिबीको कारण किनेर खान सक्दैनन्। यसका अतिरिक्त वैज्ञानिकहरूमा यस विषयमा मतभेद पनि छ किनभने मासुको सेवनबाट शरीरमा अनेक रोग पैदा हुन सक्छन्। जो व्यक्ति मांसाहार गर्दैन, उसले दूधको साथमा सुख्खा मेवाको सेवन गर्नुपर्दछ। यसले शरीरमा अत्यन्तै शक्ति प्रदान गर्दछ।

बदाम, ओखर, काजु, किसमिस तथा गेडागुडी आदि पनि शक्तिवर्द्धक खाद्य पदार्थ हुन्। यिनीहरूको नियमित सेवन गर्ने गरौँ, जसले कमजोर शरीरमा पनि शक्ति उत्पन्न हुन्छ। सुख्खा मेवा जसले शरीरलाई शक्ति तथा गर्मी पुर्याउने गर्छ। यो मेवा दूधको साथमा पनि लिन सकिन्छ अथवा शुद्ध घिउसँग मिलाई सेवन गर्न सकिन्छ। खस्रो पिसेको गहुँको आँटा भुटेर मेवा र चिनी मिलाएर लड्डु बनाएर एक अथवा दुई लड्डु प्रत्येक दिन खाने गरेमा शारीरिक शक्ति प्राप्त हुन्छ। गहुँको सट्टामा मासको पिठो हालेर पनि लड्डु बनाउन सकिन्छ र यो पनि ज्यादै पौष्टिक हुन्छ। किनभने मासमा प्रचुर मात्राम प्रोटिन पाउन सकिन्छ।

साधारणतयाः सबै प्रोटिनप्रधान खँद्य पदार्थले पुष्टि दिन्छ। दूध र मासुको भोजन यसै कारण पौष्टिक छ कि यिनमा प्रोटिन प्रचुर मात्रामा हुन्छ। यसको साथै साग-सब्जी तथा फलफूलमा पनि पौष्टिक तत्व हुन्छ। तर यिनमा पाइने प्रोटिन त्यति राम्रो किसिमको हुँदैन, जति राम्रो दूध या मासुमा पाइन्छ। नराम्रो भनेर नराम्रै चाहिँ होइन। यी वस्तुमा दूध र मासु अरू पनि खनिज तत्वहरू पाइने हुनाले यसो भनेको हो। तर सागसब्जी फलफूलमा प्रोटिको साथै अरू केही अति आवश्यक खनिज, लवण तथा भिटामिनहरू पनि पाइन्छ। यी तत्वहरू प्राकृतिक रूपबाट सीधा शरीरमा पुग्छन्। यस कारण यिनबाट पाइने फाइदहरू पनि कम महत्वपूर्ण हुँदैन। फलहरूमा केरा र आँप विशेष रूपमा पौष्टिक फल हुन्। यी फलहरूको साथमा दूधको सेवनले धेरै पौष्टिकता प्राप्त हुन्छ। सब्जीहरूमा गाजरलाई धेरै पौष्टिक मानिन्छ। गाजरबाट भिटामिन 'ए' प्रशस्त मात्रामा प्राप्त हुन्छ।

जाडोयाममा पाइने फल अमला पनि धेरै पौष्टिक तथा गुणकारी मानिन्छ। अमलाको महत्व यसमा भिटामिन- सी ज्यादा पाइने हुनाले हो। यसमा भिटामिन सीका साथै अरू कति गुणकारी तत्वहरू पनि पाइन्छन्। प्राचीन आयुर्वेदमा अमलालाई नवजीवन दिने फल भनेर मानिएको छ। यसको नियमित सेवनबाट कामशक्तिमा वृद्धि हुन्छ र शरीरलाई स्वस्थ बनाइराख्न मद्दत गर्दछ। मानिसहरू अमलाको अमिलो, टर्र्रो स्वादका कारण अरू फलझैँ खाँदैनन् तर शक्ति शढाउन इच्छुक व्यक्तिहरूका लागि अमलाको दैनिक सेवन हितकारी हुनेछ। काँचो अमला खाँदा एउटा कुरामा ध्यान दिनुपर्छ। काँचो अमलाको स्वाद ठण्डा -चिसो) हुने हुनाले यसलाई सन्तुलित गर्नका लागि यससँग केही चिज मिसाएर सेवन गर्नु राम्रो हुन्छ। यसको लागि दुईवटा काँचो अमलासँग चारवटा लसुनको पोटी मिलाएर पिसेर प्लेटमा हालेर चम्चाले खाने गर्नुपर्छ। यदि कसैलाई लसुनको गन्ध मन नपरेर यसको सेवन गर्न राम्रो नलागे २ वटा अमलाको साथमा सानो अदुवाको टुक्रा पिसेर थोरै चिनी वा मह मिलाएर लिन सकिन्छ।

अमलाको ताजा फल जाडो महिनामा ३/४ महिनासम्म पाइरहन सकिन्छ। लगातार ३/४ महिनासम्म यदि कोही व्यक्तिले अमला सेवन गर्दछ भने उसको स्वास्थ्यमा पनि धेरै परिवर्तन आउँछ र कामशक्तिको वृद्धि पनि हुन्छ। यिनै सबै खाद्य औषधि स्त्री-पुरुष दुवैका लागि समानरूपमा लाभदायक छन् र यस्ता शरीरको लागि लाभदायक खाद्य पदार्थहरूको नियमितरूपमा सेवन गर्ने गरौँ।

No comments:

Post a Comment